कारोना अपडेट : थप २ हजार ६७६ जनामा संक्रमण पुष्टि , ३३ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १६ : ५९
कारोना अपडेट :  थप २ हजार ६७६ जनामा संक्रमण पुष्टि , ३३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २५६ पीसीआर परीक्षणबाट १ हजार ७८२ र ४ हजार ५१२ एन्टिजेन परीक्षणबाट ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४६३ पुगेको छ।

यसैगरी गत २४ घण्टामा १ हजार ७५७ जना कोरोना संक्रमि डिस्चार्ज भएका छन्। हाल देशभर २६ हजार ६३९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस