आपसी विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु

रासस

विहीबार, ३१ असार २०७८, १३ : ३७
आपसी विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु

कञ्चनपुर । भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भाञ्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस