काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता माधव नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् । स्रोतका अनुसार दुवै जना बिच अहिले नेपाल निवासमा पार्टी एकताको विषयमा केन्द्रित भएर छलफल भएको छ ।
सर्वोच्च अदालतले संसद पुनः स्थापनासँगै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि पार्टी अध्यक्ष ओली झनै रुष्ट भएको बेला दुवैजना बिच छलफल भएको हो । उनीहरुबीच पार्टीमा उत्पन्न पछिल्लो संकट र निरुपणका उपायबारे छलफल भइरहेको स्रोतको भनाइ छ।
नेपालले संसद पुनस्थापनाको अडान लिएको र सर्वोच्चले पनि संसद पुनःस्थापना गरेको अवस्थामा नेपालसँग रुष्ट पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बाटो कस्तो हुन्छ त्यसबारे अड्कलबाजी तीव्र भएका बेला गौतम नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असार २०७८, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड