उदयपुर । वर्षातसँगै परेको चट्याङ लागेर उदयपुरमा दुईजनाको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–३ मुसहरीमा मंगलबार साँझ उनीहरु माथि चट्याङ परेको थियो ।
चट्याङले लागेर स्थानीय ३९ वर्षीया ललिता सदा र ४० वर्षीया फूलकुमारी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।
घर नजिकै खेतमा काम गरी उनीहरुलाई चट्याङले लागेर गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनीहरुको जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको डीएसपी गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असार २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
मकवानपुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, ७ जना घाइते
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु