काठमाडौं । नेकपा एमाले नेता माधव नेपाललाई भेट्न ओली समूहका नेताहरू अहिले उनकै निवास कोटेश्वर पुगेका छन्। एक नेताका अनुसार नेताहरू विष्णु पौडेल, भीम रावल, सुवास नेम्वाङलगायत नेता माधव नेपाल भेट्न निवासमा पुगेका हुन्।
नेता रावल माधव नेपाल पक्षका नेता एवं एमाले एकताका लागि गठित कार्यदलमा सो पक्षका संयोजक हुन् । अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा राख्न लागेको पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुने कि नहुने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेका बेला ओली समूहका नेताहरू माधव नेपाल भेट्न पुगेका हुन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असार २०७८, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव