पुरानो रिसिईवी साँध्न तुलसीपुुरमा खुकुरी प्रहार

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, ०९ : ५५
पुरानो रिसिईवी साँध्न तुलसीपुुरमा खुकुरी प्रहार

घोराही ।  पुरानो रिसिईवी साँध्न दाङ तुलसीपुरमा विहान खुकुरी प्रहार भएको छ । तुलसीपुर ९ दोघरे स्थित जिम क्लब नजिकै तुलसीपुर ५ रानीजरुवा निवासी २३ बर्षीय बिशाल सुनारमाथि खुकुरी प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार दंगीशरण गाउँपालिका वडा नं ५ लौवस्ता निवासी २५ बर्षीय निर्मल बस्नेतले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्दा सुनारको बाँया खुट्टाको तिघ्रामा काटेको छ ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने बस्नेत भने फरार छन् । उनलाई खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । मंगलबार विहान सवा ६ बजेतिर उक्त घटना भएको हो । उनीहरुबीच सोमबार पनि सामान्य विवाद हुँदा हातपातको स्थिति आएको थियो । पातुखोला नजिकको पुलमा हातपात हुँदा विशालको हातमा चोट लागेको थियो ।

हातमा चोट लागेका विशालले हिजै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका थिए । उनीसहित गएका उनका साथीहरु भने क्लब भित्र थिए । उनी बाहिर होटेलमा चिया खाँदै गरेको अबस्थामा बस्नेत आएर खुकुरी प्रहार गरेको स्थानीय बताउछन् । 

त्यस्तै दाङमा पनि एक जना ब्यक्ति छुरा प्रहारबाट गम्भिर घाइते भएका छन ।  घोराही १५ निबासी ६१ बर्षिय दामोदत पौडेलमाथी अज्ञात ब्यक्तिले छुरा प्रहार गरेर गम्भिर घाइते बनाएको हो । छुरा प्रहारबाट घाइते पौडेलको छातिमा, घाटिमा, पेटमा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिहान मर्निवाक जानेक्रममा घोराही १४ झिगौरामा उनिमाथी छुरा प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी प्रबक्ता तथा डिएसपि मुकुन्दप्रसाद रिजालले बताए । उनको उपचार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भइरहेको छ । छुरा प्रहारबाट उनको मोटो आन्द्रा पुरै छिया छिया भएको  छ भने सानो आन्द्रामा प्वाल परेको प्रतिष्ठानले जनाएको छ । पौडेलको अप्रेसन सफल भएको र बिरामीको अबस्था सामान्य रहेको अप्रेसनमा सलग्न चिकित्सक सर्जन डा। विशाल आचार्यले बताए ।

रिजालले दिएको जानकारी अनुसार मर्निङवाकको बेला पौडेलसंग पैसा मागेको र पैसा नदिएपछि एक्कासी छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो घटनाको अनुसन्धान चलिरहेको र छुरा प्रहार गर्ने ब्यक्तिको खोजी कार्य  पनि जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस