‘दोहोरी च्याम्पियन’मा अव उत्कृष्ट १६को प्रतिस्पर्धा शुरु

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, २० : ३८
‘दोहोरी च्याम्पियन’मा अव उत्कृष्ट १६को प्रतिस्पर्धा शुरु

काठमाडौंँ । दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’मा उत्कृष्ट १६ को प्रतिस्पर्धा शुरु भएको छ । १२ विजेता समूह र ४ ‘वाइल्ड कार्ड’ प्रवेश समूहको प्रतिस्पर्धा शुरु भएको हो । शोले अहिले भोटिङ राउण्ड समेत सुरु गरेको छ । अव प्रतियोगितामा दर्शकको भोटिङको पनि महत्व रहनेछ ।

उत्कृष्ट १६ समुहको तालिका समेत सार्वजनिक गर्दै उत्कृष्ट १६ बाट ८ छानिने आयोजकले जनाएको छ । दर्शकको भोटिङलाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत आधारमा प्रतियोगीतीहरु उत्कृष्ट ८ मा प्रवेश गर्नेछन् ।

गायक प्रजापति पराजुली, गायिका सीता थापा, गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा निर्णायक रहेको प्रतियोगीतामा गायक बद्री पंगेनी र गायिका प्रिती आले संचालक रहेका छन् ।

शोमा प्रथम, दोस्रो र तेस्रोलाई क्रमश २०, १५ र १० लाख रुपैयाँ पुरस्कार राखिएको छ । शो हरेक शनिबार बेलुका ८ः५० बाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस