देउवाले मंगलबार सानो आकारको मन्त्रिमण्डल बनाउने

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, २० : ०६
देउवाले मंगलबार सानो आकारको मन्त्रिमण्डल बनाउने

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार प्रधानमन्त्रीको शपथ लिँदै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । 

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वस्थित निवासमा बसेको ५ दलिय विपक्षी गठबन्धनको बैठकमा भोलि नै प्रधानमन्त्रीको शपथ लिएर सानो आकारको मन्त्रिमण्डल बनाउने विषयमा छलफल भएको हो । 

सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेसँगै बसेको बैठकले लोकतन्त्र, संविधान र संसदको रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्वपुर्ण भएको भन्दै स्वागत पनि  गरेको छ । फैसलाले संविधानको रक्षा गरेकाले अदालतको  ऐतिहासिक निर्णय सबै नागरिकको बिजय भएको निष्कर्ष पनि गठबन्धनले निकालेको छ ।  

बैठक पछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड बैठकमा संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुराउनेलाई धन्यवाद पनि दिएको बताए । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरु मिलेर अघि बढ्ने बारे छलफल भएको बताए । 

उनले भने, “सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाको पुर्नवहाली पनि गरेको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । सर्वोच्च अदालतले ऐतिहासिक र महत्वपुर्ण फैसला गरेको छ ।

त्यसकारणले हामी पाँचै दलले सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद पनि दिएका छौ । यो निर्णय स्वागतयोग्य छ । यसले संविधानको रक्षा, लोकतान्त्रिक मुल्य मान्यता, र राष्ट्रियता र नागरिकको हक अधिकारलाई पनि यसले सुदृढ गराउने काम गरेको छ । ट्रयाक बाहिर गएको लोकतान्त्रिक मुल्यमान्यता माथि प्रहार भएकोमा अहिले ट्रयाकमा आएको छ ।

सरकार निर्माण गर्ने कुरामा, प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमासहमति र सहकार्यलाई अगाडि बढाउदै लैजाने र मिलेरै सरकार बनाउनुपर्ने र मिलेरै सरकार चलाउनुपर्ने अहिलेको सान्र्दभिकताका बारेमा छलmपल भएको छ । सरकारमा जाने हकमा सानो आकारको मन्त्रीमण्डल बन्छ र भोली बिहान फेरि पार्टीका शिर्ष नेताहरु बैठक बस्नुहुनेछ । ”

प्रतिक्रिया दिनुहोस