पत्नीको सहमतिबेगर राखिने यौनसम्पर्क वैवाहिक बलात्कार नहुने

पत्रपत्रिकाबाट

विहीबार, २९ चैत्र २०७४, ०८ : १७
पत्नीको सहमतिबेगर राखिने यौनसम्पर्क वैवाहिक बलात्कार नहुने


'पत्नी १८ वर्षभन्दा माथिको उमेर भए उनको सहमतिबेगर गरिने यौनसम्पर्कलाई वैवाहिक बलात्कार मान्न नसकिने गुजरातको उच्च न्यायालयको ठहर'

पतिले पत्नीको सहमतिविना यौनसम्पर्क राखेमा पतिले वैवाहिक बलात्कार गरेको नठहरिने भारतको एक अदालतले ठहर गरेको छ । गुजरातको उच्च न्यायालयले पत्नी १८ वर्षभन्दा माथिको उमेर भए उनको सहमतिबेगर गरिने यौनसम्पर्कलाई वैवाहिक बलात्कार मान्न नसकिने जनाएको हो ।

पतिले गर्ने बलात्कारको अपराध भारतको इन्डियन पेनल कोड (आइपिसी)को खण्ड ३७५ अन्तर्गतको अपराध नहुने न्यायाधीश जेबी पर्दिवालाले बताए । सो धारामा बलात्कारबारे व्याख्या गरिएको छ । महिलाले आफ्ना श्रीमान्लाई बलात्कारविरुद्ध अभियोग लगाउन सक्ने कानुन सक्रिय नभएको उनको भनाइ छ ।

वैवाहिक बलात्कारबारे विश्वभर भएका कानुनी व्यवस्थाबारे चर्चा गर्दै व्यवस्थापिका संसद्ले वैवाहिक बलात्कारलाई अपराध मान्नुपर्ने उनले बताए । आइपिसीको खण्ड ३७७ बमोजिम कुनै पनि पत्नीले आफ्ना पतिको अस्वाभाविक सेक्सविरुद्ध आपराधिक कारबाहीविरुद्ध मुद्दा चलाउन सक्ने उच्च न्यायालयले जनाएको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस