काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् ।
मंगलबार दिउँसो सानेपामा बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा महाधिवेशनको तयारी र निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए । वरिष्ठ अधिवक्ता महादेव यादव संयोजक रहेको निर्वाचन समितिले महाधिवेशनको तयारी अगाडि बढाएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६-१९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका तय गरिएको छ । रमेश लेखक संयोजक रहेको सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता टुंग्याउने काम अन्तिम चरणमा पुर्याएको छ ।
समितिका प्रवक्ता प्रदीप पौडेलले असार मसान्तसम्म क्रियाशील सदस्यताको काम सकिने जानकारी दिए । १२ साउनदेखि कांग्रेसको स्थानीय अधिवेशन सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
कांग्रेस पदाधिकारी बैठकमा रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल
कांग्रेस पदाधिकारी बैठक सुरु
देउवाले बोलाए पदाधिकारी बैठक
कांग्रेसले बोलायो पदाधिकारी बैठक
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय