आजैदेखि काम भए काठमाडौंमा रेल कुद्न २० वर्ष लाग्ने !

पत्रपत्रिकाबाट

विहीबार, २९ चैत्र २०७४, ०७ : ३२
आजैदेखि काम भए काठमाडौंमा रेल कुद्न २० वर्ष लाग्ने !


सम्भावना अध्ययन गरी बाँकी काम अलपत्र छ । अहिलेसम्म एउटै रेल किन्न सकिएको छैन । प्रतिघण्टा १ सय ६० किमीका दरले गुड्ने रेलको परिकल्पना गरिएको छ ।  जसका लागि प्रतिकिलोमिटर झन्डै एक अर्ब रुपैयाँ लाग्ने बताइदै छ ।

अहिले चर्चा बढी छ रेल विभागको  । तर विभाग आफैंमा तन्नम छ । एकातिर बजेट अभाव, अर्कोतिर विशेषज्ञ इञ्जिनियर र रेल नहुनु । त्यहाँ महानिर्देशक अनन्त आचार्यदेखि प्रकाशभक्त उपाध्याय, अमन चिकार, किरण कार्की सन्तकुमार महर्जन र नवराज भट्ट इञ्जिनियरको हैसियतमा कर्यरत छन् ।

प्रधानमन्त्री ओलीले उपत्यकामा मेट्रो रेल गुडाउन भनेका छन् । तर रेल विभागका अधिकारीहरुका अनुसार यो कार्य फत्ये हुन कम्तीमा २० वर्ष कुर्नुपर्छ । त्यो पनि आजभोलिमै यससम्बन्धी काम सुचार भएको खण्डमा ।
७० सलामा कोरियन कम्पनीलाई सम्भावना अध्ययन गर्ने जिम्मा दिइएको थियो । उसको रिपोर्ट अनुसार उपत्यकामा ७७ किमि रेलमार्ग बन्ने समाचार आजको जनआस्थामा छ ।

२५ किमी भूमिगत र ५२ किमि आकाशे । त्यसलाई पाँच भागमा वर्गीकरण गरिएको छ । उक्त सिफारिसअनुसार काम भए सातदोबाटो रत्नपार्क नारायणगोपालचोक १२ किमि, कीर्तिपुर कालिमाटी नयाँ बानेश्वर एयरपोर्ट ११ किमि र कोटेश्वर चाबहिल स्वयम्भू २९ किलोमिटर आकाशे यात्रा हुनेछ ।

प्रतिक्रिया दिनुहोस