पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटालीले जित्यो युरोकप

एजेन्सी

सोमबार, २८ असार २०७८, ०७ : ५६
पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटालीले जित्यो युरोकप

एजेन्सी । इटलीले युरोकप फुटबलको उपाधि जितेको छ ।  लण्डनस्थित बिम्बली रंगशालामा घरेलु टोली इङल्यान्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै इटलीले उपाधि जितेको हो । 

यसअघि निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए । अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन् । 

इटलीले युरोकप जितेको यो दोस्रो अवसर हो । यसअघि १९६८ मा इटलीले पहिलोपटक यो उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस