तेस्रो लहरको सामना गर्न पूर्वतयारीमा जुट्न निर्देशन

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १९ : ५७
तेस्रो लहरको सामना गर्न पूर्वतयारीमा जुट्न निर्देशन

काठमाडौँ । स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गरेका छन् ।  सो क्रममा उनले अब आउन सक्ने तेस्रो लहरविरुद्ध गम्भीरता पूर्वक पूर्वतयारीमा जुट्न निर्देशन दिए । 

सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतम सहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो । अस्पतालले हाल अस्पतालले सय वेडको आइसियु सञ्चालन गरिरहेको छ । बाँकी सय वेड आइसियु सहितको वेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले जानकारी दिए ।


 

प्रतिक्रिया दिनुहोस