क्षेत्र नम्बर दुईबाट दुई सय ५८ खेलाडी छनौट

बुधबार, २८ चैत्र २०७४, २० : १५
क्षेत्र नम्बर दुईबाट दुई सय ५८ खेलाडी छनौट


चितवन । चितवनमा जारी दसौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्र नम्बर दुईबाट दुई सय ५८ जना खेलाडी जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् ।
मंगलबार र बुधबार भरतपुरमा भएको क्षेत्रीय प्रतियोगिताबाट विभिन्न विद्यालयका छात्रछात्रा जिल्लास्तरीय प्रतियोगितामा छनौट भएका हुन् । आगामी बैशाख ७ गते हुने जिल्लास्तरीय प्रतियोगिता प्रतिस्पर्धा गराउन भएको क्षेत्र नम्बर दुईबाट एथलेटिक्सतर्फ एक सय १४ जना, कबड्डीमा ७२ जना  र भलिबलमा ७२ छात्रछात्रा छनौट भएको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले जानकारी दिनुभयो ।
क्षेत्र नम्बर एकमा क्षेत्रीय प्रतियोगिता भइसकेको छ । क्षेत्र नम्बर तीनको खेल आगामी बैशाख २ र ३ गते पश्चिम चितवनको शारदानगर माविमा हुनेछ । प्रतियोगिता अन्तर्गत मार्सल आर्टका खेल पनि बैशाखको ७ गते नै हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस