बिहानको खानेकुरामा के खाने के नखाने ?

एजेन्सी

शनिबार, २६ असार २०७८, १२ : ३७
बिहानको खानेकुरामा के खाने के नखाने ?

ब्रेकफास्टमा लिइने खानेकुरा गलत पर्दा स्वास्थ्यलाई ठूलो नोक्सानी हुन्छ । खाजामा बिस्कुट, कुकिजको प्रयोग गर्नुहुन्छ भने आजैबाट छोडिहाल्नुस् । यसको प्रयोगले फ्याट बढाउनुका साथै पाचन प्रक्रियामा पनि असर पुर्‍याउँछ । बरु विकल्पमा फ्याट फ्री अन्डा, चनालगायतको प्रयोग गर्न सक्नुहुन्छ । यस्तो खाजाले तौलसमेत सन्तुलनमा राख्न मद्दत पुर्‍याउछ ।

बिहानको समय कफी पिउँदा भोक मेटिन्छ । तर, यसले स्वास्थ्यमा भने खराब असर पुर्‍याउँछ । गर्मीमा कोल्ड कफी पिउने प्रचलन हुन्छ । यसो पनि गर्नु हुँदैन । जुसलाई हामी स्वस्थकर पेय पदार्थका रूपमा लिन्छौँ । तर, ब्रेकफास्टमा कहिल्यै पनि प्याकिङ जुस प्रयोग गर्नु हुँदैन । यस्ता जुसमा चिनीको मात्रा बढी हुन्छ ।

यसको प्रयोगले फ्याट र चिनीको मात्रा बढाउँछ । त्यस्तै, सागपातको जुस पनि प्रयोग गर्नु हुँदैन । यसमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट हुन्छ तर फाइबर र प्रोटिन हुँदैन । यसको विकल्पमा पानी पिउन या सुन्तला खान सक्छौँ । जुन निकै स्वस्थकर मानिन्छ ।

तपाईं अन्डा र चिज स्यान्डविच आफैँ तयार गर्न सक्नुहुन्छ । त्यसैले यसलाई ब्रेकफास्ट मेनुमा पनि राख्न सक्नुहुन्छ । यस्तो स्यान्डविचको प्रयोगले असर गर्दैन । तर, फ्रोजन स्यान्डविचमा सोडियम र अस्वस्थकर फ्याट हुन्छ, जसको प्रयोग गर्दा राम्रो हुँदैन । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस