काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सहमतिनजिक पुगेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नपार्ने, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पार्टीका सांसदले गरेका हस्ताक्षर फिर्ता नलिने समझदारीसहित निसर्त २०७५ जेठ २ अगाडिको पार्टी संरचना ब्युताउने सहमति भएको छ ।
‘मुख्य विषयमा सहमति भएको छ, त्यो भनेको अदालतमा प्रयोग भएका हस्ताक्षर फिर्ता नहुने, अदालतलाई प्रभावित पार्नेगरी कुनैपनि भाषा प्रयोग नहुने तथा निसर्त २०७५ जेठ २ को कमिटी पुनर्स्थापना नै हो । यसमा हामी कार्यदलमा रहेका सबै सहमत भएका छौं ।
अन्य विषयमा यसअघि नै सहमति भइरहेको छग्́, कार्यदलका एक सदस्यले भने।
उनका अनुसार विधान संशोधनलगायतका विषयमा पनिसहमति भएको खबर नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २६ असार २०७८, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत