काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सहमतिनजिक पुगेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नपार्ने, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पार्टीका सांसदले गरेका हस्ताक्षर फिर्ता नलिने समझदारीसहित निसर्त २०७५ जेठ २ अगाडिको पार्टी संरचना ब्युताउने सहमति भएको छ ।
‘मुख्य विषयमा सहमति भएको छ, त्यो भनेको अदालतमा प्रयोग भएका हस्ताक्षर फिर्ता नहुने, अदालतलाई प्रभावित पार्नेगरी कुनैपनि भाषा प्रयोग नहुने तथा निसर्त २०७५ जेठ २ को कमिटी पुनर्स्थापना नै हो । यसमा हामी कार्यदलमा रहेका सबै सहमत भएका छौं ।
अन्य विषयमा यसअघि नै सहमति भइरहेको छग्́, कार्यदलका एक सदस्यले भने।
उनका अनुसार विधान संशोधनलगायतका विषयमा पनिसहमति भएको खबर नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २६ असार २०७८, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता