काठमाडौं । संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित दुईलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित पिपलबोटबाट पक्राउ पर्नेमा यहाँस्थित गोठाटार बस्ने २८ वर्षीय सविन तामाङ र रामेछाप लिखु गाउँपालिका–५ नागदह घर भई भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय हितबहादुर मगर रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट संरक्षित वन्यजन्तुको छाला र सालकको छाला तथा खपेटा बरामद गरिएको व्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि आजै डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँमा पठाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार उक्त कसुर प्रमाणित भएमा पाँचदेखि १५ वर्ष कैद तथा पाँच लाखदेखि १० लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २५ असार २०७८, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ