सन्ध्या तिवारी नेतृत्वको एमालेको नाम फेरियो, नयाँ नाम जजपा

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १७ : २४
सन्ध्या तिवारी नेतृत्वको एमालेको नाम फेरियो, नयाँ नाम जजपा

काठमाडौं । निर्वाचन आयोगमा सन्ध्या तिवारीका नाममा दर्ता भएको पुनर्गठित नेकपा एमालेको नाम परिवर्तन भएको छ । सो पार्टीको नाम अब जनता जनवादी पार्टी (जजपा) रहने भएको छ ।

नेकपाभित्र विवाद चर्किरहेका बेला गत साल सन्ध्या तिवारीका नाममा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गरिएको नेकपाको अर्को खेमाले आरोप लगाउँदै आएको थियो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई विभाजन गराई पुरानै एमाले ब्युँताइदिएपछि तिवारीको एमाले खारेज भएको हो ।

निर्वाचन आयोगले तिवारीलाई पत्र लेखेर उनको पार्टीको नाम सच्याउन निर्देशन दिएको आयोग स्रोतले बतायो । ‘नेकपा एमाले ब्युँतिएपछि नाम फेर्न पत्राचार गरिएको थियो, अहिले सो पार्टीको नाम फेरिएर जजपा भइसकेको छ,’ आयोग स्रोतले भन्यो, ‘चुनाव चिन्ह अर्कै रहेको हुनाले त्यसमा समस्या रहेन ।’

सन्ध्या तिवारीको एमालेले डाँडामाथिको उदाउँदो सूर्य चुनाव चिन्ह पाएको थियो ।

प्रतिक्रिया दिनुहोस