नायिका जेनी कुँवरद्धारा आत्महत्या, ‘डिप्रेशनको शिकार’ भएको नाेट

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, २१ : ३९
नायिका जेनी कुँवरद्धारा आत्महत्या, ‘डिप्रेशनको शिकार’ भएको नाेट

नायिका जेनी कुँवर मृत फेला परेकी छिन् । काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृत फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले  बताए ।

प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ । 

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् ।

उनको पछिल्लो फिल्म हलचल थियो । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस