काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले विगत १० दिनदेखि नेकपा एमाले एकताका लागि कुनैपनि प्रगति नभएको स्पष्ट पारेका छन् ।
कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थिति नभएपछि नेताहरु भोली बस्ने भन्दै उठेका हुन् ।
बैठकबाट निस्कँदै संस्थापन पक्ष र माधव नेपाल पक्षका नेताहरुले अन्योलपूर्ण प्रतिक्रिया दिए । ओली पक्षका शुभाष नेम्वाङले भोली साढे ११ बजे बस्ने बैठकले एकतालाई टुंगोमा पुर्याउने आशा व्यक्त गरे ।
तर नेता घनश्याम भुषालले १० दिनअघि एमाले विवाद जुन अवस्थामा थियो त्यो भन्दा बढि थप कुनै प्रगति नभएको बताए । ‘हामी जहाँको त्यही छौ । आजको बैठकमा एक ढंगले कुरा गर्ने तयारी थियो । तर विष्णु पौडेल आउनुभएन । अनि विषयमा प्रवेश गर्न पाइएन’ भुसालको भनाई छ ।
यसैबीच माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमान्दार नदेखिएको आरोप लगाएका छन् । कार्यदलको बैठकपछि एक नेताले भने,‘उहाँहरुमा पार्टी एकताप्रति कुनै रुची देखिएन, यसो उसो गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न खोजेजस्तो मात्रै देखियो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असार २०७८, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
एमाले केन्द्रीय कमिटी बैठकमा ४२ जनाले राखे धारणा
एमाले केन्द्रीय कमिटी बैठक सुरू
ओली र भण्डारी बीच ध्रुवीकरण तीव्र, सचिवालयमा यस्तो छ समिकरण...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, प्रत्येक सदस्यलाई बोल्न तीन मिनेटको समय
एमाले बोलायो केन्द्रीय कमिटीको बैठक