काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले विगत १० दिनदेखि नेकपा एमाले एकताका लागि कुनैपनि प्रगति नभएको स्पष्ट पारेका छन् ।
कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थिति नभएपछि नेताहरु भोली बस्ने भन्दै उठेका हुन् ।
बैठकबाट निस्कँदै संस्थापन पक्ष र माधव नेपाल पक्षका नेताहरुले अन्योलपूर्ण प्रतिक्रिया दिए । ओली पक्षका शुभाष नेम्वाङले भोली साढे ११ बजे बस्ने बैठकले एकतालाई टुंगोमा पुर्याउने आशा व्यक्त गरे ।
तर नेता घनश्याम भुषालले १० दिनअघि एमाले विवाद जुन अवस्थामा थियो त्यो भन्दा बढि थप कुनै प्रगति नभएको बताए । ‘हामी जहाँको त्यही छौ । आजको बैठकमा एक ढंगले कुरा गर्ने तयारी थियो । तर विष्णु पौडेल आउनुभएन । अनि विषयमा प्रवेश गर्न पाइएन’ भुसालको भनाई छ ।
यसैबीच माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमान्दार नदेखिएको आरोप लगाएका छन् । कार्यदलको बैठकपछि एक नेताले भने,‘उहाँहरुमा पार्टी एकताप्रति कुनै रुची देखिएन, यसो उसो गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न खोजेजस्तो मात्रै देखियो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असार २०७८, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता