चितवन । ट्रकको ठक्करबाट चितवनमा स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेका स्कुटरमा पछाडि सवार भरतपुर महानगरपालिका–१५ मंगलपुरकी ३० वर्षीया बिणु दवाडी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर–३ पुल्चोकमा ना ५ ख ५८१६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते दवाडीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
स्कुटर चालक भरतपुर–१५ मंगलपुरकी २२ वर्षीया जस्मिन न्यौपानेको अवस्था मध्यम रहेकाले उपचार भइरहेको छ । ट्रक र ट्रक चालक चितवन प्रहरीको नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असार २०७८, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
झापामा सवारी दुर्घटना, मोटरसाइकल चालककाे मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
बैतडीमा ट्रक दुर्घटना, ४ जना घाइते