काठमाडौं । नेकपा एमालेको विवाद समाधनका लागि कार्यदलमार्फत तारन्तर वार्ता चलिरहँदा नेतृ रामकुमारी झाँक्रीले भने संसद पुनःस्थापना सहमतिको अनिवार्य सर्त भएको भन्दै कुनै जालझेलमा पर्न नहुने बताएकी छन् ।
‘लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन संसदको पुनस्स्थापना एउटा अनिवार्य सर्त हो,’ ट्वीटरमा उनले लेखेकी छिन्, ‘हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ । अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ । त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न, झुक्किनु हुँदैन।’
एमालेमा विवाद समाधानका लागि सोमबारदेखि लगातार कार्यदलको बैठक बसिरहेको छ। नेताहरुले सहमतिको नजिक(नजिक पुग्न लागिरहेको बताइरहेका छन्।यही सिलसिलामा हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटेल मेरियटमा दोस्रो तहका नेतासहित वार्ता पनि भएको छ । वार्ता सकरात्मक भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असार २०७८, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ : रामकुमारी झाँक्री
सजाय भोग्न तयार तर माफी नमाग्ने रामकुमारी झाँक्रीको अडान
रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिन समय थप
मलाई स्पष्टीकरण सोधिएको छैन, म नै भ्रम छरेको बारेमा स्पष्ट हुन निवेदन दिन आएकी हुँः नेतृ झाँक्री
नेकपा एसले रामकुमारी झाँक्रीलाई साध्यो तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण
अर्ली महाधिवेशनबाट अध्यक्ष फेरौँ, सिनो काँधमा बोकेर हिँड्न सकिँदैन: रामकुमारी झाँक्री