कोरोना भाइरसविरुद्ध विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ५ सय ९४ डोज खोप लगाइयो

रासस

विहीबार, २४ असार २०७८, १४ : ३६
कोरोना भाइरसविरुद्ध विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ५ सय ९४ डोज खोप लगाइयो

एजेन्सी । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।  

चीनमा एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  । बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।   

पोल्याड छ करोड ७ लाख ५९ हजार ७४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२  लाख  ७९ हजार १९८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । (एएफपी) 

प्रतिक्रिया दिनुहोस