थाइल्याण्डमा भएको विष्फोटमा एक जनाको मृत्यु

एजेन्सी

सोमबार, २१ असार २०७८, १८ : ४४
थाइल्याण्डमा भएको विष्फोटमा एक जनाको मृत्यु

थाइल्याण्डको राजधानी बैंककमा विष्फोट हुँदा एकजनाको भृत्यु भएको छ। विष्फोटमा २९ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त विष्फोट थाइल्याण्डको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको एक प्लाष्टिक कारखानामा भएको थियो।

स्थानीय समयअनुसार सोमबार बिहान तीन बजे विष्फोट भएको थियो। स्थानीय अधिकारीका अनुसार उक्त विष्फोटबाट ७० घरमा क्षति पुगेको छ। विष्फोटको कारण अझै निश्चित हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस