कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, १७ : २१
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८ सय ७७ गरी २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २ हजार २ सय ११ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४६ हजार ३ सय ६७ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ४ सय २९ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार २ सय ४८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर रहेका २५ हजार ६ सय ९० सक्रिय संक्रमितमध्ये २२ हजार ९ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ६ सय ९२ जना रहेका छन् । तीमध्ये ५७१ जनाको आईसीयू र १ सय ८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।