आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो जित

एजेन्सी

बुधबार, २८ चैत्र २०७४, ०८ : ०२
आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो जित

 

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा कोलकाताले दिएको २०३ रनको विशाल लक्ष्य चेन्नईले १ बल बाँकी रहदा मात्र ५ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा साम बिलिङस ५६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै शेन वाट्सनले ४२, अम्बाती रायडुले ३९ तथा कप्तान महेन्द्र सिंह धोनीले २५ रन जोडे । यस्तै रविन्द्र जडेजा र ड्याने ब्राभोले अविजित ११ – ११ रन जोडे । कोलकाताका टम कुरनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको  कोलकताले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर २०२ रनको विशाल योगफल तयार गरेको थियो । कोलकाताको लागि आन्द्रे रुसेलले अविजित ८८ रन बनाएका थिए । यस्तै रोबिन उथप्पाले २९, कप्तान दिनेश कार्तिकले २६ रन जोड्दा क्रिस लायनले २२ रन जोडे । चेन्नईका शेन वाट्सनले दुई विकेट लिए ।

जितसँगै चेन्नईले लिगमा ४ अंक जोडेको छ । र, चेन्नई समूहको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले प्ले अफमा पुग्ने सम्भावना समेत बलियो बनाएको हो । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई १ विकेटले हराएको थियो । पराजित कोलकाता २ अंक जोडेर चौथो स्थानमा छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस