काठमाडौं । म्याद सकेको डेबिट कार्ड प्रयोग गरी एटीएम बुथबाट रकम निकालेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अभियोगमा सोलुखुम्वु घर भई भत्केको पुलबस्ने ५७ वर्षीय जगत वहादुर गुरुङ र पर्सा घर भई भई भत्केको पुल नै बस्ने ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरुले गैरकानुनी रुपमा एटीएमबाट पैसा निकालेको सूचनामा आधारमा महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको विशेष टोलीले उनीहरुलाई भत्केको पुलबाट पक्राउ गरेको हो ।
उनीहरुले विदेशी डेबिट कार्डको प्रयोग गरेर चावहिल, कालोपुल, हात्तिसार भाटभटेनी ईलाकामा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको पाइएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनीहरुको साथवाट २१ लाख वरामद भएको छ भने १०लाख ५० हजार सहकारीमा राखेको बताएका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असार २०७८, १५ : १०
लेखकबाट थप