काठमाडौं । भक्तपुरमा एक महिलाको लडेर मृत्यु भएको छ । शनिबार राती मध्यपुर थिमी नगरपालिका १ लोकन्थली, रमाइलो चोकमा निर्माणाधीन घरको माथिल्लो तलाबाट खसेर ३० वर्षकी लीला सदाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार राजु श्रेष्ठको ४ तले निर्माणाधीन घरमा बस्दै आएकी महिलाको मृत्यु भएको हो ।महिला खसेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थल पुगेर लाश जाँच प्रकृति मुचुल्का गरेको थियो ।
शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको र यसबारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असार २०७८, १३ : ४२
लेखकबाट थप