चीनबाट ४० लाख डोज भेरोसेल खोप ल्याइँदै

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, ११ : ५५
चीनबाट ४० लाख डोज भेरोसेल खोप ल्याइँदै

काठमाडौं । नेपाल सरकारले चीनको बेइजिङबाट कोरोनाभाइरस कोभिड–१९० विरुद्धको भेरोसेल खोप ४० लाख डोज ल्याउने भएको छ ।

सरकारले खरिद गरेको उक्त खोप नेपाल वायुसेवा निगमले तीनवटा उडानमार्फत् ल्याउने छ ।

अबको चार दिनपछि खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भेरोसेल खोप लिनका लागि जुलाई ८ तारिख अर्थात् असार २४ गते बिहीबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । यस्तै दोस्रो र तेस्रो उडान क्रमशः जुलाई १५ र २२ मा हुनेछ । 

प्रतिक्रिया दिनुहोस