बि एण्ड सी मेडिकल कलेजबारे अबिलम्ब निर्णय गर्न प्रधानमन्त्री ओलीलाई निर्देशक प्रसाईको आग्रह

कलेजलाई सम्बन्धन दिनका लागि आयोगका उपाध्यक्ष गिरिले २० करोड घुस मागेको दाबी

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, १७ : २२
बि एण्ड सी मेडिकल कलेजबारे अबिलम्ब निर्णय गर्न प्रधानमन्त्री ओलीलाई निर्देशक प्रसाईको आग्रह

काठमाडौं । बि एण्ड सी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल एंवम् रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो मेडिकल कलेज बारे अबिलम्ब निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । 

कार्यकारी निर्देशकले संघीय राजधानी काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन गरी कलेजलाई सम्बन्धत दिन वा सरकार आफैले सञ्चालन गर्न वा सधैका लागि बन्द गर्ने विषयमा अविलम्बन स्पष्ट र ठोस निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले हस्पिटलको सम्बन्धन र चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको सन्र्दभमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजमाथि गरेको जघन्य अपराध तथा शंकास्पद कानून प्रतिकुलको भुमिकाको विषयमा सञ्चारमाध्यममा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । उनले गिरी आयोगको उपाध्यक्ष हुन समेत कानुन अनुसार अयोग्य रहेको दाबी कार्यकारी निर्देशक प्रसाईले गरेका छन् ।

उनले भने, “ यस मेडिकल कलेजलाई सम्वन्धन दिन वा सरकार आफैले संचालन गर्न वा सधैँका लागि वन्द गर्ने विषयमा अविलम्व स्पष्ट र ठोस निर्णय लिनुहुन नेपाल सरकार खासगरि सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष मेची अंचलका बत्तिस लाग जनताको अनुरोध ।  

यस वि.एण्ड सी.मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटलको सम्वन्धन र चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको सन्दर्भमा सो आयोगका उपाध्यक्ष गिरीले यस वि.एण्ड सी.मेडिकल कलेज माथि गरेको जघन्य अपराध तथा शंकास्पद कानून प्रतिकुलको भूमिकाको विषयमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारहरुप्रति यस संस्थाको गंम्भिर ध्यानाकर्षण भएको छ ।

उनी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष हुन समेत कानूनतः अयोग्य छन् । कलेजलाई सम्बन्धन दिनका लागि उनले मसंग २० करोड घुस मागेको र सो सार्वजनिक गरि अख्तियारमा उजुरी गरेपछि म प्रति अत्यन्तै पुर्वाग्रही हुनुहुन्छ ।”

कार्यकारी निर्देशक प्रसाईले आयोगका उपाध्यक्ष गिरिले आफुसंग २० करोड घुस मागेको दाबी पनि गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस