बालिका बलात्कार आरोपमा दुई जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १४ : २३
बालिका बलात्कार आरोपमा दुई जना पक्राउ

रोल्पा । जिल्लामा बालिका बलात्कार आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर २ का १९ वर्षिय पोखराज वलीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ।

तुलसीपुर उपमहानगर वडा नम्बर ५ बसपार्कस्थित एक होटलमा बालिकालाई प्रलोभनमा पारेर वलीले बलात्कार गरेको उजुरीपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए।

असार १५ गते राति होटलमा लगेर वलीले ती बालिकालाई बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ। असार १६ मा वलीलाई पक्राउ गरेर दाङ जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।

यस्तै असार १५ गते राति रोल्पाकै गंगादेव २ का २३ वर्षीय देवराज वलीले १६ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप छ। उनलाई प्रहरीले असार १६ मा पक्राउ गरेको छ। सात दिनको म्याद थप गरेर अनुसन्धान जारी छ।

उनीहरू दुवै युवकविरूद्ध प्रहरीले जवरजस्ती करणी शीर्षक अन्तर्गत मुद्दा चलाएर अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस