बीपी प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न डा.केसीको माग

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १३ : २२
बीपी प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न डा.केसीको माग

काठमाडौं । डा गोविन्द केसीले बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुलाई तत्काल राजीनमा दिन माग गरेका छन । चारै शीर्ष पदाधिकारीले एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेकाले तत्काल राजीनमा दिन माग गरेका हुन ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै केसीले ओली सरकारले देश जसरी चलाए जसरी बीपी प्रतिष्ठानका पदाधिकारीले पनि संस्थालाई उसरी नै चलाएर बर्बादीतिर धकेलिरहेको आरोप लगाए ।

ओली सरकारद्वारा नियुक्त उपकुलपति ज्ञानेन्द्र गिरीलगायत हाल प्रतिष्ठानको शीर्ष नेतृत्वमा रहेका रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकका भ्रष्ट करतुतहरु निरन्तर मिडियामा आइरहेको केसीले बताए ।

दलीय वफादारिता नभई वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गर्नसमेत माग गरे ।

अहिले बीपी प्रतिष्ठानलाई डुबाएर आफ्ना कार्यकर्ताको अस्पताललाई अवैध रुपमा मेडिकल कलेजको सम्बन्धन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर नाजायज दबाब दिइरहेको पनि केसीले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस