युरोकप : क्वाटरफाईनलमा इटाली र बेल्जीयम तथा स्पेन र स्विट्जरल्याण्ड भिड्ने

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, ११ : ५३
युरोकप : क्वाटरफाईनलमा इटाली र बेल्जीयम तथा स्पेन र स्विट्जरल्याण्ड भिड्ने

एजेन्सी । युरोकप फुटबलका क्वाटरफाइनल खेलहरु आजबाट हुनेछन् । आज बेलुकी पौने १० बजे हुने पहिलो क्वाटरफाइनल खेलमा स्पेन र स्विट्जरल्याण्ड भिड्नेछन् ।

यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । राउण्ड अफ सिक्सटिनमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ ले हराउँदै स्पेन क्वाटरफाइनलमा पुगेको हो ।

स्विटजरल्याण्डले भने प्रि क्वाटरफाइनलमा विश्वकप विजेता फ्रान्सलाई टाई ब्रेकरमा हराएको थियो । क्वाटरफाईनलको दोस्रो खेलमा आज राति पौने १ बजे इटाली र बेल्जीयम भिड्नेछन् ।

यो खेल जर्मनीको म्युनिखमा हुनेछ । राउण्ड अफ सिक्सटिनमा अष्ट्रियालाई हराउँदै इटाली तथा पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा पुगेका हन् ।

युरोकपका अन्य दुई क्वाटरफाइनलमा भोली राति चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस