काठमाडौं । एमालेभित्रको एकता प्रयासका लागि अनेक प्रयास भएपनि त्यसले सार्थकता पाउन सकेको छैन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली निक्कै अप्ठ्यारो मोडमा पुगेपछि उनले एकता प्रयासको नाममा अनेक चारो नेपाल पक्षका नेतालाई छर्न खोजेका छन् ।
आफैले एकलौटी घोषणा गरेको महाधिवेशन आयोजक कमिटिको निर्णय वैद्य हुन नसकेपछि उनले फेरि एकलौटी नै त्यसलाई भंग गरेका छन् । २०७५ जेठ २ मा पार्टीको सम्पूर्ण संरचना फर्काउनु पर्ने माग गर्दै आईरहेको नेपाल समुहलाई अल्मलाउने र भूलभूलैयामा पार्ने योजनाका साथ ओलीले अहिले पार्टीका पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति ब्यूँताउने निर्णय लिएका छन् ।
केन्द्रीय समितिमा माओवादी छोडेर एमाले पुगेका २३ जनालाई पनि थप गरिएको छ । स्थायी समितिमा थप ८ जनालाई स्थान दिईएको छ । तर यो निर्णय गर्दा ओलीले एकलौटी गरेका छन् । आयोजक कमिटिको बैठकबाट आयोजक कमिटि भंग गदै केन्द्रीय समिति बैठक बोलाउने निर्णय लिईएको छ । यसले माधव नेपाल पक्षलाई ओलीले टुटाउने प्रयास गरेपनि नेपाल पक्षलाई सन्तुष्ट भने बनाएको छैन् ।
नेपालले ओलीको भूलभूलैयामा नपर्ने स्पष्ट पारिसकेका छन् । यो पक्षले भोली बोलाईएको केन्द्रीय समिति बैठकमा जाने नजाने विषयमा प्रष्ट धारणा बनाउन आफनो पक्षका स्थायी समिति सदस्यहरुको आज बैठक बोलाएको छ । ‘जबसम्म पारदर्शी ढंगबाट औपचारिक रूपमा दुईवटा वार्ता टोलीका बीचमा छलफल हुँदैन, दुईवटा नेताका बीचमा सहमति हुँदैन र प्याकेजमा सम्पूर्ण विषयमा सहमति हुँदैन, त्यति बेलासम्म जेसुकै निर्णय गरे पनि कुनै अर्थ हुँदैन,’ नेता नेपालले पछिल्लो प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्, ‘साथै, अवैधानिक महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीको बैठक बोलाउने अधिकार नै छैन् । त्यस्तो बैठकमा जाने कुरै हुँदैन । सर्वोच्च अदालतको फैसलालाई प्रभाव पार्ने र पाँच पार्टीबीचको गठबन्धनमा अविश्वास पैदा हुने कुनै पनि काम हामीबाट हुँदैन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असार २०७८, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक