ऋणको सीमा २५ लाखसम्म पुर्‍याउन माग

पत्रपत्रिकाबाट

विहीबार, १७ असार २०७८, ०७ : ५७
ऋणको सीमा २५ लाखसम्म पुर्‍याउन माग

काठमाडौं । लघुवित्त संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले ऋणको सीमा बढाउन माग गरेको छ । नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि लिखित सुझाव बुझाउँदै संघले धितो सुरक्षण लिई दिइने ऋणको सीमा प्रति ऋणी बढीमा २५ लाख रूपैयाँसम्म कायम गर्न आग्रह गरेको हो ।

हाल लघुवित्त संस्थाहरुले बिनाधितो ७ लाख रूपैयाँसम्म र धितो सुरक्षण लिइ १५ लाख रूपैयाँ ऋण लगानी गर्न पाउँछन् । लघुकर्जा र लघु व्यवसाय वा परियोजना सञ्चालन तथा प्रवद्र्धन गर्नका लागि कर्जाको सीमा बढाउन सुझाव दिइएको संघका अध्यक्ष बसन्त लम्सालले जानकारी दिए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रमाणपत्र धितोमा २५ लाख रूपैयाँसम्म सहुलियत कर्जा दिने घोषणा गरेको छ । लघुवित्तका समूह सदस्य तथा विपन्न व्यक्तिलाई प्रमाणपत्र धितो कर्जा सरह कर्जाको सीमा पुर्याउनुपर्ने संघले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस