काठमाडौ । सरकारले जेठमा ३२ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाखको तुलनामा ३२ अर्ब रुपैयाँ ऋण थपिएको हो । यससँगै मुलुकले तिर्नुपर्ने कुल सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रुपियाँ पुगेको छ ।
खर्च स्रोतका रूपमा सरकारले सार्वजनिक ऋण परिचालन गर्दछ ।चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमा २४ खर्ब ३४ अर्ब रुपियाँ सार्वजनिक ऋण रहेकामा ११ महिनासम्म दुई खर्ब २० अर्ब ५८ करोड रुपियाँ ऋण थपिएको कार्यालयले जनाएको छ ।
कुल सार्वजनिक ऋणमध्ये १३ खर्ब ८२ अर्ब रुपियाँ वैदेशिक ऋण रहेको छ । त्यस्तै १२ खर्ब ७२ अर्ब रुपियाँ आन्तरिक ऋणको दायित्व रहेको छ ।
वैदेशिक र आन्तरिक ऋणबाहेक विनिमय दरमा भएको वृद्धिका कारण नेपालले थप ७३ अर्ब रुपियाँ नोक्सानी बेहोर्नुपर्ने देखिन्छ । उक्त रकमलाई कार्यालयले वैदेशिक ऋणकै दायित्वमा जोडेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो
पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋण
पोखरा विमानस्थलका लागि लिइएको ऋणलाई अनुदानमा बदल्न चीनलाई अर्थमन्त्रीको आग्रह