नर्सिङ क्याम्पस महाराजगञ्जको प्रमुखमा शर्मा

सफल खबर संवाददाता

मंगलबार, १५ असार २०७८, १३ : ३४
नर्सिङ क्याम्पस महाराजगञ्जको प्रमुखमा शर्मा

काठमाडौं । नर्सिङ क्याम्पस महाराजगञ्ज (आइओएम) को निमित्त क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त भएकी छन् । उपकुलपति कार्यालयको सिफारिसमा शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।

शर्मा विगत ३४ वर्षदेखि नर्सिङ पेशामा आवद्ध छिन् । उनी नर्सिङ परिषद्का अध्यक्षसमेत भइसकेकी छन् । क्याम्पस प्रमुख प्रा. सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि प्राध्यापक शर्मालाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो ।

यसअघि नै सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा शर्मा थिइन् । उनले आफूले निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी सहितको पत्र पाएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस