युरोकप : सोमबार दुई खेल हुँदै

रासस

सोमबार, १४ असार २०७८, १५ : ०२
युरोकप : सोमबार दुई खेल हुँदै

एजेन्सी । युरोकप फुटबलमा सोमबार पनि राउण्ड अफ सिक्सटिनका दुई खेल हुनेछन् । नेपाली समय अनुसार राति पौने १० बजे डेनमार्कको कोपन हेगनमा क्रोएसिया र स्पेन भिड्दा राति पौने १ बजे रोमानियाको बुकारेष्टमा विश्व विजेता फ्रान्सले स्विट्जरल्याण्डसँग खेल्नेछ ।

यसअघि, गएराति भएको खेलमा साविक विजेता पोर्चुगललाई १–० गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । उपाधि दावेदार पोर्चुगलविरुद्धको खेलमा अर्को दावेदार बेल्जियमलाई विजयी गराउन थोर्गन हाजार्डले ४२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

गएराति नै भएको अर्को खेलमा १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक पनि क्वार्टरफाइनलमा पुगेको छ । खेलको ५५औं मिनेटमा बललाई हातले समातेर फालेपछि नेदरल्याण्ड्सका खेलाडी म्याथिज्स डीलाइटलले रातो कार्ड पाएर मैदान छाडेका थिए ।

त्यसपछि खेलमा दवाव बनाएको चेक रिपब्लिकका लागि टामस होल्स र प्याट्रिक शिक क्रमशः ६८ औं र ८०औं मिनेटमा ले एक–एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस