काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने तयारी भएको हो।
एमालेभित्र विद्रोह गरिरहेको नेपाल समूहले पार्टीका सबै संरचना २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्काउन माग गर्दै आएको थियो। ओलीले त्यसलाई बेवास्ता गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाएर चुनौती दिएको थियो।
त्यतिमात्र नभएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री ओली केही दिनमै सबै कमिटी पुरानै अवस्थामा पुर्याउने तयारीमा देखिएका हुन्। नागरिक दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
सुजन अधिकारी
सोमबार, १४ असार २०७८, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको निर्वाचन तालिका सार्वजनिक
एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्कायो, अब १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले महाधिवेशन : मनोनयन प्रतिनिधिहरुकाे कार्ड वितरण सुरु
एमालेमा के फेरि विधान संशोधन प्रस्ताव आउन लागेको हो ?
एमाले महाधिवेशन : ओलीले बोलाए केन्द्रीय कमिटी बैठक, बन्दसत्र सर्यो