काठमाडौं । ‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरूले मलाई सहयोग गर्नुपर्यो । मलाई शेरबहादुर (शेरबहादुर देउवा) जीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’
२०४६ सालको राजनीतिक परिवर्तनपछि पार्टी राजनीतिको केन्द्रमा रहँदै आएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार निकटहरूसँग १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गर्दै राखेको धारणा हो यो ।
पार्टीका विभिन्न तह हुँदै कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरेका पौडेलले प्रतिनिधिसभाको सभामुख र मुलुकको उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । संसदीय दलको नेता बनेका पौडेल प्रधानमन्त्रीको उम्मेदवार बने पनि प्रधानमन्त्री भने बन्न सकेका छैनन् ।
कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्दै उनी १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार पनि बने तर निकटहरू मिलाउन नसक्दा जित निकाल्न असफल भए । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १३ असार २०७८, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन : कांग्रेस
काँग्रेसद्वारा भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय