युरो २०२० : आजदेखि नकआउट चरणका खेलहरु शुरु हुँदै

एजेन्सी

शनिबार, १२ असार २०७८, ०९ : २१
युरो २०२० : आजदेखि नकआउट चरणका खेलहरु शुरु हुँदै

काठमाडौं । (युरो २०२०) प्रतियोगिता अन्तर्गत आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ । जुन १२ देखि युरोपका विभिन्न ११ शहरमा जारी प्रतियोगिताको पहिलो चरणबाट १६ टोलीले प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् ।

सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरी लिग चरणबाट शीर्ष दुई र उत्कृष्ट नतिजा भएका चार टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । बाँकी ८ टोली भने समूह चरणबाटै बाहिरिसकेका छन् ।

पहिलो चरणको समूह एबाट इटाली, वेल्स र स्वीट्जरल्यान्डले नकआउटमा स्थान बनाएका छन् । त्यस्तै, समूह बीबाट बेल्जियम र डेनमार्क तथा सीबाट नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेनले नकआउटमा स्थान बनाउँदा समूह डीबाट इङ्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक छनोट भएका छन् ।

समूह ईबाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स जर्मनी र पोर्चुगलले नकआउटमा स्थान बनाएका छन् । क्वार्टरफाइनल प्रवेशका लागि शनिबार राति हुने खेलमा ९ः४५ बजे वेल्स र डेनमार्क भिड्ने छन् । त्यस्तै, राति १२ः४५ मा हुने खेलमा इटाली र अस्ट्रिया भिड्नेछन् ।

आइतबार राति नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा बेल्जिम र पोर्चुगल भिड्नेछन् । सोमबार राति भने क्रोएसिया र स्पेन तथा फ्रान्स र स्वीट्जरल्यान्ड भिड्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस