काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्। सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भन्दै तयारी थालेको एक सातापछि शुक्रबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको भेलामा नेता रामचन्द्र पौडेलसहित सबै प्रभावशाली नेताले नेतृत्वमा दाबी गरेका हुन्।
भेलामा १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित पौडेलले १४औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बन्ने अवसर दिनुपर्ने बताए । निकटहरूलाई गोलबद्ध गरेर नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रन पौडेललाई हम्मेहम्मे पर्ने विश्लेषण भइरहेका बेला आयोजित संस्थापन इतर भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, शेखर कोइराला र सुजाता कोइरालाले पनि नेतृत्वका लागि दाबी पेस गरे।
महत र केसीले नेतृत्वका लागि दाबी पेस गर्दै सहमतिका लागि भने बाधक नबन्ने बताए। संस्थापन इतर समूहबाट एकभन्दा बढी उम्मेदवार भए आफूहरू पनि उम्मेदवार बन्ने महत र केसीले बताएका थिए।
पौडेलले आफू र सभापति देउवालाई एकै ठाउँमा राखेर नहेर्न भन्दै नेतृत्वमा पुग्न सहयोगका लागि आग्रह गरेको स्रोतको दाबी छ। पौडेलले सुरक्षित लोकतन्त्र र व्यवस्थित पार्टी आफ्नो चाहना रहेको बताएको जानकारी एक सहभागीले दिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १२ असार २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन : कांग्रेस
काँग्रेसद्वारा भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय