विश्व हिन्दु युवासंघले दियो बेलायत सरकारलाई धन्यवाद

प्रकाश सिग्देल

शुक्रबार, ११ असार २०७८, १५ : ३७
विश्व हिन्दु युवासंघले दियो बेलायत सरकारलाई धन्यवाद

चितवन । दोस्रो विश्वयुद्धमा बहादुरीको सर्वोच्च तक्मा भिक्टोरिया क्रस प्राप्त गोर्खाली तुलबहादुर पुनलाई बेलायत सरकारले सम्मान गरेको प्रति विश्व हिन्दु युवासंघले आभार प्रकट गरेको छ ।

वीर गोर्खाली तुल बहादुर पुनको नाममा रेल सेवा सञ्चालन गरेर बेलायत सरकारले नेपाल र नेपालीप्रति उच्च सम्मान प्रकट गरेको भन्दै विश्व हिन्दु युवासंघका अध्यक्ष ऋषिकेशजंग शाहले प्रेस बिज्ञप्ती जारी गरी आभार प्रकट गरेका छन् ।

शाहले राष्ट्रदेव गोरक्षनाथको आशिर्वादबाट यो देश निर्माण भएको बताउँदै देवाधिदेव महादेवले गौरक्षा आयुर्वेद योग र तन्त्र साधनाको ज्ञान दिन गोरक्षनाथको रुपमा अवतार लिनुभएको उनको तर्क छ  ।

त्यही प्रतापले सृष्टिको आरम्भदेखि हालसम्म विश्वका अनगिन्ती लडाईहरुमा गोर्खालीहरुले वीरता प्रदर्शन गरेको महासंघको ठहर छ । आज पनि विश्वभरि गोर्खालीहरुले शान्ति सुरक्षाको दायित्व निर्वाह गरी रहेका छन । प्रेस विज्ञप्ति जारी गर्दै शाहले नेपाल देवभूमि गोरक्षराष्ट्र भएको बताएका छन । विश्व हिन्दु युवासंघ नेपालमा पुर्वीय दर्शनको संरक्षणमा सक्रिय रहेको छ । 

प्रतिक्रिया दिनुहोस