जम्मु कस्मिरमा चाँडै चुनाब गराउने मोदीको प्रतिबद्धता

एजेन्सी

शुक्रबार, ११ असार २०७८, १२ : ०६
जम्मु कस्मिरमा चाँडै चुनाब गराउने मोदीको प्रतिबद्धता

दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू नेतृत्वको सरकारले चाँडै जम्मु र कस्मिर राज्यमा चुनावको तयारी गरेको बताएका छन् ।

बिहीबार उक्त क्षेत्रका स्थानीय नेताहरुसँग दिल्लीमा भेटवार्ता गर्दै प्रधानमन्त्री मोदीले राज्यको सीमाको पुनर्रखांकन गरि विधान सभाको सिट तय गरिने जनाए ।

सन् २०१९ मा जम्मु कस्मिरको विशेष राज्यको अधिकार खोसिएको विवादास्पद निर्णयपछि मोदीले क्षेत्रीय नेताहरुसँग पहिलोपटक भेटघाट गरेका हुन् ।


 

प्रतिक्रिया दिनुहोस