विपक्षी गठबन्धनका विद्यार्थी संगठन सरकारविरुद्ध संयुक्त आन्दोलन गर्दै

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, ०९ : ०८
विपक्षी गठबन्धनका विद्यार्थी संगठन सरकारविरुद्ध संयुक्त आन्दोलन गर्दै

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरुले आन्दोलन गर्ने निर्णय गरेसँगै विद्यार्थी संगठनहरुले विहीबार (आज) सरकारविरुद्ध प्रदर्शन गर्दैछन् ।

प्रदर्शनमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् ।

सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले विरोध प्रदर्शनमा उत्रिन लागेको विद्यार्थी संगठनका नेताहरुको भनाइ छ ।

सरकारले अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत जारी राखेकाले भौतिक दुरी कायम गरी विरोध प्रदर्शन गर्न लागिएको विद्यार्थी नेताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस