सबै विश्वविद्यालयमा स्ववियु निर्वाचन हुनुपर्ने १२ विद्यार्थी संगठनको माग

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०८२, १२ : ३१
सबै विश्वविद्यालयमा स्ववियु निर्वाचन हुनुपर्ने १२ विद्यार्थी संगठनको माग

काठमाडौं । दलनिकट १२ विद्यार्थी संगठनले सबै विश्वविद्यालयहरूमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने विद्यार्थी संगठनहरुको माग गरेका छन् ।

त्यसका लागि चरणबद्ध अभियान सञ्चालन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन र आंगिक क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुँदै आएको छ ।

विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गरेका छन् । नेपाल विद्यार्थी संघको संयोजनमा बसेको विद्यार्थी संगठनहरुको बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।

विद्यार्थी हित र अधिकार संरक्षणका लागि आवश्यक सहकार्य, संघर्ष तथा दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता सबै विद्यार्थी संगठनले जनाएको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए ।

१२ विद्यार्थी संगठनको बैठक संघको कार्यालय अनामनगरमा बसेको थियो । बैठकमा १२ प्रमुख विद्यार्थी संगठनका अध्यक्ष, संयोजक, प्रतिनिधि लगायत सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस