१६ विद्यार्थी संगठनद्वारा ५ बुँदे माग अघि सार्दै संयुक्त प्रेस विज्ञप्ति जारी

सफल खबर संवाददाता

शुक्रबार, १६ साउन २०८२, १४ : ५७
१६ विद्यार्थी संगठनद्वारा ५ बुँदे माग अघि सार्दै संयुक्त प्रेस विज्ञप्ति जारी

काठमाडौँ । १६ विद्यार्थी संगठनले ५ बुँदे माग अघि सार्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित १६ संगठनले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘‘प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयक, २०८० ओझेलमा परेको सन्दर्भ र स्वतन्त्र विद्यार्थी युनियन/विद्यार्थी कल्याण परिषद्को निर्वाचनप्रति विश्वविद्यालयहरूको पूर्वाग्रही दृष्टिकोणको विषयमा संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

पश्चगामी र लोकप्रियतावादी सोच कदापी परिणाममुखी हुन् नसक्ने भन्दै विद्यालयका शिक्षक कर्मचारीको व्यवस्थापनसँगै विद्यालय शिक्षाको गुणात्मक रूपान्तरण गर्न संघ, प्रदेश र स्थानीय सरकारले समेत विद्यालय शिक्षामा निशर्त लगानी अभिवृद्धि गर्नुपर्ने निष्कर्षसहित आफूहरूले माग अघि सारेको उल्लेख छ ।

मागहरू यथाशीघ्र सम्बोधन नभए संयुक्त विद्यार्थी संगठन संघर्षका ठोस कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

 
 

प्रतिक्रिया दिनुहोस