युरो २०२०

फ्रान्स, जर्मनी र पोर्चुगलको नकआउट चरण यात्रा तय

एजेन्सी

विहीबार, १० असार २०७८, ०८ : ००
फ्रान्स, जर्मनी र पोर्चुगलको नकआउट चरण यात्रा तय

काठमाडौँ । ग्रुप अफ डेथ मानिएको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल तीनै टिमले बिहीबार युरो २०२० को नकआउट चरण यात्रा तय गरेका छन् । लिग चरणका अन्तिम दुई खेलमा फ्रान्स र पोर्चुगलले २–२ को बराबरी खेले ।

यस्तै जर्मनी र हंगेरीले पनि समान २–२ को बराबरी खेले । फ्रान्स पाँच अंकसहित समूहको शीर्ष स्थानमा रह्यो भने त्यसपछि जर्मनी र पोर्चुगलको चाररचार अंक रह्यो । युरोपेली च्याम्पियन पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

विश्व च्याम्पियन फ्रान्सका तर्फबाट करिम बेन्जेमाले दुई गोल गरे । अर्को खेलमा जर्मनीका लागि काइ हार्भटेज र लियोन गोर्टेज्काले गोल गरे । हंगेरीका लागि गोल गर्ने खेलाडी एडम साबा र आन्द्रास सफेर रहे ।

प्रतिक्रिया दिनुहोस