पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

रासस

मंगलबार, ०८ असार २०७८, १७ : ४४
पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाका ड्याममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बझाङ बेहुलीकोटका २१ वर्षीय लक्ष्मण बोहोरा रहेका छन् । 
    
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक मधुसुधन सिंहले डुमे्रखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बोहोराको खोज तलासका क्रममा आज शव भेटिएको जानकारी दिए । मृतक ट्रकका सहचालक रहेका बताइएको छ। 
 

प्रतिक्रिया दिनुहोस