अष्ट्रेलिया। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाले खोप अभियानलाई तीव्रता दिने तयारी गरेको छ । सोमबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले अब छिटै नै मुलुकका राज्यहरुमा ठूलो संख्यामा कोरोना खोप पठाइने बताएका हुन् ।
अष्ट्रेलियामा राज्यहरुले यसअघि नै केन्द्र सरकारलाई खोप आपूर्ति बढाउन आग्रह गरेका थिए । ‘उनीहरुले अतिरिक्त खोपहरु पाउँदैछन्, जुलाई महिनामा फाइजरबाट थप खोप आएसँगै यो संख्या अझै बढ्नेछ’, मौरिसनले भने । यद्यपि उनले कुन राज्यले कति खोप पाउँछन् भन्ने खुलाएनन् ।
अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले खोप कार्यक्रमले आगामी अगष्टबाट तीव्रता पाउन सक्ने बताएका छन् । अहिले अष्ट्रेलियामा फाइजर र एस्ट्राजेनेकाको दुई कोरोना खोपलाई अनुमति दिइएको छ । जसमध्ये उसले फाइजरको खोप अन्य मुलुकबाट ल्याउनुपर्छ भने एस्ट्राजेनेकाको खोप स्थानीयरुपमा नै उत्पादन गर्दै आएको छ ।
अधिकारीहरुका अनुसार यसै महिनामा अष्ट्रेलियामा फाइजरको २३ लाख डोज खोप आउनेछ भने आगामी महिनामा ३४ लाख डोज खोप आउन सक्ने अनुमान छ । अहिलेसम्म अष्ट्रेलियामा समग्रमा ६५ लाख डोज कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ । अष्ट्रेलियाका चार प्रतिशत मानिसले मात्र कोरोना खोपको पूरा डोज पाएका छन् । कम्तीमा एक डोज खोप पाउनेको संख्या २५ प्रतिशतभन्दा धेरै छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०७ असार २०७८, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि
अष्ट्रेलियामा मे ३ मा आम चुनाव घोषणा
अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी